काठमाडौं, असार २२ :

सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा चुस्त सुविधा नभएको बताएका छन् । 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आइतबारको बैठकमा सांसद ढकालले नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थललाई अझै व्यवस्थित बनाउन नसकिएको सांसद ढकालको भनाइ थियो ।

सांसद ढकालले विमानस्थलको कारण नै विदेशी नागरिक नेपालमा आउनबाट भागिरहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा सुधारको आवश्यकता रहेको बताए ।

सांसद ढकालले भने, 'यहाँ निरन्तर रुपमा लापरवाही हुने, सेवाग्राहीले ढिलासुस्ती व्यहोर्नुपर्ने, जहाँज आउँछ, त्यसपछि इमिग्रेसनमा पनि चुस्त किसिमको सुविधा छैन । लगेज डेढ घण्टासम्म कुनुपर्ने स्थिति छ ।’ विमानस्थलमा यात्रुलाई सुविधा दिन नसकिएको उनको भनाइ थियो ।