बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

‘योगमायाको योगदान आजका पुस्ताका लागि प्रेरणाको स्रोत भएको छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ असार, २०८२ मा प्रकाशित
‘योगमायाको योगदान आजका पुस्ताका लागि प्रेरणाको स्रोत भएको छ’
काठमाडौं, असार २२ :

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले महिला आन्दोलनकी अग्रणी अभियान्ता योगमायाको योगदान नेपालको मात्रै नभई विश्वकै इतिहासमा अतुलनीय रहेको बताएकी छिन् ।

राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उपसभामुख रानाले निरंकुश राणाशासनकालमा योगमायाले देखाएकी साहस र सामाजिक जागरणका लागि गरेको सङ्घर्ष आजका पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताइन्।

‘राणाशासनमा लेख्न, बोल्न र सङ्गठित हुन निषेध गरिएको अवस्थामा योगमायाले सामाजिक सुधार र महिला अधिकारका लागि गरेको योगदान अविश्मरणीय छ,’ उनले भनिन्,  ‘आजको पुस्ताले योगमायाको जीवनबाट प्रेरणा लिएर महिला हकअधिकारको क्षेत्रमा अझ समर्पणका साथ अघि बढ्नुपर्छ ।’

महिलामाथिको विभेद, हिंसा र अन्यायको अन्त्य गर्न प्रभावकारी कानुनी कार्यान्वयन र घरघरमा चेतनामूलक अभियान चलाउनु आवश्यक रहेको उनको भनाइ छ ।

योगमायाले सुरु गरेको सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको यात्रा अझै सान्दर्भिक रहेको उल्लेख गर्दै उपसभामुख रानाले राज्यका सबै संरचनामा महिलाको समान सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको बताइन् ।

त्यस अवसरमा राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले योगमायाले समाजिक तथा धार्मिक सुधारमा अतुलनीय योगदान दिएको भन्दै वर्गीय र जातीय विभेद हटाउनमा पनि अह्म भूमिका खेलेको बताइन् ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले सामाजिक रुपान्तरणकी सशक्त अभियान्ता योगमायाले दिनुभएको योगदानको कदर गर्दै आयोगले स्मिृति दिवस मनाउँदै आएको बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार