शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति भिडियो

पूर्वराजा ज्ञानेन्द्रको ८०औं जन्मोत्सव, निर्मल निवासमा शुभेच्छुकको भिड

‘नेपाल जन्मेर मात्र होइन, नेपाल हामीभित्र हुनुपर्छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ असार, २०८२ मा प्रकाशित
पूर्वराजा ज्ञानेन्द्रको ८०औं जन्मोत्सव, निर्मल निवासमा शुभेच्छुकको भिड
काठमाडौं, असार २३ :

पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सव आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। जन्मोत्सवको अवसरमा काठमाडौँस्थित निर्मल निवासमा बिहानैदेखि शुभेच्छुकहरूको बाक्लो उपस्थिति देखिएको छ।

पूर्वराजालाई शुभकामना दिन सर्वसाधारणका साथै राजसंस्था समर्थक राजनीतिक दलका नेताहरू तथा कार्यकर्ताहरू निर्मल निवास पुगेका छन्। विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरू तथा सांसदहरू निवास पुगेर पूर्वराजालाई शुभकामना व्यक्त गरेका छन्।

 

 

निर्मल निवास बाहिर बिहानैदेखि लामो लाइन लागेका शुभेच्छुकहरूलाई पूर्वराजा शाहले प्रत्यक्ष भेट गरी शुभकामना ग्रहण गरेका थिए। उनले शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दै अहिलेको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताए।

पूर्वराजाले सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा भने, ‘हामी नेपालमा जन्मिएर मात्र नेपाली होइन, नेपालै हामीभित्र हुनुपर्छ। अनि मात्र नेपालको माया जाग्छ र हामी सच्चा नेपाली हुन्छौँ।’

बाढी, पहिरो र रोगप्रति सतर्क रहन आग्रह

देशभर हाल वर्षा सुरु भएकाले बाढी, पहिरो तथा पानीजन्य रोगको जोखिम बढिरहेको उल्लेख गर्दै पूर्वराजाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरे। ‘अहिले वर्षाको समय हो। बाढी, पहिरोको जोखिम छ। पानीजन्य रोगहरू पनि फैलिन्छन्। सबै दाजुभाइ, दिदीबहिनीहरू सतर्क रहनुस्, विचार गरेर बस्नुस्,’ उनले भने।

पूर्वराजाको जन्मोत्सवको अवसरमा निर्मल निवासमा देखिएको भीडले राजसंस्थाप्रतिको जनआस्थाको झल्को दिएको समर्थकहरूले बताएका छन्। पूर्वराजा शाहले जन्मोत्सवको दिनलाई अवसर बनाएर देश र जनताको हितको काममा लाग्न सबैलाई आह्वान गर्दै राष्ट्रिय एकताको सन्देश दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार