शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

१५ लाख धरौटी नबुझाउँदा युनुस अन्सारी जेल चलान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ असार, २०८२ मा प्रकाशित
१५ लाख धरौटी नबुझाउँदा युनुस अन्सारी जेल चलान
काठमाडौं, असार २३ :

सम्पत्ति शुद्धीकरणको मुद्दामा १५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

पक्राउ परेका अन्सारीमाथि ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै सजाय माग गरिएको छ। दोषी ठहर भएमा सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोब्बर जरिवाना र २ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्छ।

नक्कली नोटको मुद्दामा कैद पूरा गरी रिहा भएका अन्सारीलाई गत जेठ १० गते प्रहरीले ललितपुरबाट पुनः पक्राउ गरेको थियो।

उक्त मुद्दामा युनुससहित उनकी श्रीमती सालमा खातुन, प्रमीला अधिकारी, सुवेश्वरप्रसाद कुशवाह र अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनलाई प्रतिवादी बनाइएको छ।

तीन जना प्रतिवादी फरार छन्। उनीहरूको खातामा रहेको १५ लाख ५९ हजार रुपैयाँ र युनुसको नाममा रहेको जग्गा जफत गर्न माग गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार