बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

नुहाउने क्रममा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

· मंगलबार, २४ असार, २०८२ मा प्रकाशित
नुहाउने क्रममा पोखरीमा डुबेर दिदीबहिनीको  मृत्यु
धनुषा, असार २४ :

जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ ।

पोखरीमा नुहाउने क्रममा उनीहरुको आज डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए। 

दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताए ।

दुवैजनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार