बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

रसुवा बाढीमा फसेका ५५ जनाको उद्धार, २० बेपत्ता, १ सयभन्दा बढी गाडी बगायो

‘सरकारले बाढीको अवलोकनपछि आवश्यक निर्णय लिने’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ असार, २०८२ मा प्रकाशित
रसुवा बाढीमा फसेका ५५ जनाको उद्धार, २० बेपत्ता,  १ सयभन्दा बढी गाडी बगायो
रसुवा, असार २४ :

रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा चीनतर्फबाट आएको बाढीका कारण फसेका ५५ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएका मध्ये ४ महिला, ५१ पुरुष र १ जना चिनियाँ नागरिक छन्। उनीहरूलाई झोलुङ्गे पुल प्रयोग गरी सुरक्षित स्थानमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

हालसम्म बाढीबाट १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगेका छन्। उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली सक्रिय छन्।

बाढीपहिरोबाट भएको क्षतिको अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसहितको उच्चस्तरीय टोली प्रभावित क्षेत्रतर्फ जाने तयारीमा छ।

गृहमन्त्री लेखकले रसुवामा ठुलो विपद् आएको उल्लेख गर्दै अवलोकनपछि आवश्यक निर्णय लिइने बताएका छन्। घटनास्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरू पनि जाने जानकारी दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार