मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना #स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना
समाचार प्रदेश गण्डकी प्रदेश

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा सवारीसाधनमा समय तालिका निर्धारण

१५ दिनका लागि समय तालिका निर्धारण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ असार, २०८२ मा प्रकाशित
जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा सवारीसाधनमा समय तालिका निर्धारण
कास्की, असार २५ :

जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य जोखिमलाई दृष्टिगत गरी जिल्लाका विभिन्न सडकखण्डमा सवारीसाधन सञ्चालनका लागि समय तालिका निर्धारण गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै मनसुनका कारण सम्भाव्य मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ आजैदेखि लागू हुनेगरी १५ दिनका लागि अत्यावश्यकबाहेक सार्वजनिक तथा निजी सवारीसाधनमा समय तालिका निर्धारण गरेको हो ।

यसअघि गत सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार समय तालिका निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा जनाइएको छ ।

सूचनाअनुसार घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडक (वीरेठाँटी–घान्द्रुक, वीरेठाँटी–उल्लेरी र लुम्ले–लान्द्रुक) मा सञ्चालित सवारीसाधनले बिहान ५:०० बजेपछि मात्र प्रस्थान गर्न पाउने उल्लेख गरिएको छ । त्यस्तै, साँझ ५:०० बजेभित्र आफ्नो प्रस्थान विन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्ने जनाइएको छ ।

काहुँखोलाबाट ताङ्तिङ जाने सवारीसाधनले बिहान ५:०० बजेपछि मात्र यात्रा सुरु गर्नसक्ने र साँझ ४:३० बजेभित्र प्रस्थान बिन्दुबाट छुटिसक्नुपर्ने तालिका निर्धारण गरिएको प्रशासनले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार