बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

राप्रपाको प्रवक्तामा मोहनकुमार श्रेष्ठ, लावती पदमुक्त

अनुसन्धान समितिको अध्यक्षमा सांसद रोशन कार्की मनोनयन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ असार, २०८२ मा प्रकाशित
राप्रपाको प्रवक्तामा मोहनकुमार श्रेष्ठ, लावती पदमुक्त
काठमाडौं, असार २५ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ताको जिम्मेवारीबाट सगुनसुन्दर लावतीलाई हटाएर मोहनकुमार श्रेष्ठलाई नयाँ प्रवक्ता तोकेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले लावतीलाई पदमुक्त गरेर श्रेष्ठलाई नयाँ प्रवक्ता तोकेका हुन्। श्रेष्ठ राप्रपाको प्रचार विभाग प्रमुख समेत हुन्।

पार्टीका एक नेताका अनुसार लावतीलाई निरन्तर पार्टीहितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा हटाइएको हो। 

यसैबीच, राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय अनुसन्धान समितिको अध्यक्षमा सांसद रोशन कार्कीलाई मनोनयन गरेका छन्। कार्की राप्रपाका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हुन्।

अनुसन्धान समितिको नेतृत्व गरेका नवराज सुवेदीले राप्रपा परित्याग गरी राजसंस्था पुनःस्थापनाको आन्दोलनको संयोजकको रूपमा भूमिका निर्वाह गर्ने घोषणा गरेपछि सो पद खाली भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार