बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
राजनीति

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा राष्ट्रियसभाको संशोधन, प्रतिनिधिसभाबाट स्वीकृत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ असार, २०८२ मा प्रकाशित
संवैधानिक परिषद्सम्बन्धी विधेयकमा राष्ट्रियसभाको संशोधन, प्रतिनिधिसभाबाट स्वीकृत
काठमाडौं, असार २५ :

प्रतिनिधिसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको छ । सभाको आजको बैठकले उक्त संशोधन बमहुमतबाट स्वीकृत गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त संशोधनउपर विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विधेयकमा राम्रो सुझाव र सल्लाह प्राप्त भएको बताए । ‘राष्ट्रियसभाबाट प्राप्त सुझाव राम्रो छ, छलफलमा सहभागी भई सुझाव दिनुभएकामा सबै सांसदलाई धन्यवाद र संशोधन स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु,’ उनले भने ।  

 विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि यही असार २४ गते प्रतिनिधिसभामा छलफल भएको थियो । दुवै सदनबाट पारित भइसकेको सो विधेयक अब प्रमाणीकरणको प्रक्रियामा जानेछ । प्रतिनिधिसभाको अर्को बैठक यही असार २९ गते अपराह्न १ बजे बस्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार