आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

काठमाडौं टावरको निर्माण नरोक्न उच्च अदालत पाटनको आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ असार, २०८२ मा प्रकाशित
काठमाडौं टावरको निर्माण नरोक्न उच्च अदालत पाटनको आदेश
काठमाडौं, असार २५ :

पाटन उच्च अदालतले पुरानो बसपार्कस्थित काठमाडौं टावर (भ्यू टावर) निर्माण रोक्न काठमाडौं महानगरपालिकाको निर्देशनविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश प्रकाश खरेलको एकल इजलासले ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले दायर गरेको रिटमा  आदेश जारी गर्दै सम्झौताअनुसारको निर्माण कार्यलाई निरन्तरता दिनु वाञ्छनीय भएको उल्लेख गरेको हो।

काठमाडौं महानगरले ९ माघ २०८१ मा पत्रमार्फत टावर निर्माण रोक्न निर्देशन दिएको थियो। निर्माण कम्पनीले त्यसविरुद्ध अदालत गएको हो। अदालतले निर्माण स्वीकृति, नक्सा पास र दस्तुर बुझाइसकेको भन्दै रोक लगाउन नमिल्ने स्पष्ट पारेको छ।

१२ तला निर्माणको स्वीकृति पाएको टावरलाई जरिवाना तिरेर १९ तलासम्म विस्तारको अनुमति दिइएकोमा मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि छानबिन समिति गठन गरेका थिए। समितिले गुरागाईको पक्षमा प्रतिवेदन दिएपछि महानगरमा कार्यगत गतिरोध उत्पन्न भएको छ। अदालतको आदेशपछि भ्यू टावर निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार