बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश लुम्बिनी प्रदेश

थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि उनीहरू सम्पर्कविहीन भएको प्रारम्भिक अनुमान गरिएको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ असार, २०८२ मा प्रकाशित
थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन
रोल्पा, असार २५ :

रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारी असार २३ गते राति करिब ९ बजे रुकुम पूर्वतर्फ गएको र त्यसयता सम्पर्कमा नआएको जानकारी दिएका हुन्।

उनका अनुसार ती कर्मचारीहरू असार २४ गते कार्यालयको भुक्तानीका लागि आवश्यक 'ओटिपी कोड' लिन रुकुम पूर्व जाने भनिएको थियो। तर, उनीहरू बिहान ७ बजेदेखि हालसम्म कार्यालयको सम्पर्कमा नआएको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिकाका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि उनीहरू सम्पर्कविहीन भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि कार्यालयले रुकुम पूर्वमा समेत खोजी गर्दा उनीहरू नभेटिएको र सम्पर्क प्रयास गर्दा सबैको मोबाइल फोन स्विच अफ अवस्थामा रहेको जनाइएको छ।

सम्पर्कविहीन हुने कर्मचारीहरू यस्ता छन्:
१. हेमराज घर्तीमगर (प्रमुख प्रशासकीय अधिकृत)
२.हरिश माझी (सहायक प्रशासन पाँचौं)
३. यज्ञप्रसाद कँडेल (सह–लेखापाल)
४. चन्द्रप्रकाश ओली (सव–इन्जिनियर)
५. निशा आचार्य
६. शिव कुमार वली
७. प्रदीप केसी (सवारी चालक)

गाउँपालिकाले उनीहरूको खोजी जारी रहेको र सम्पर्क हुनासाथ जानकारी सार्वजनिक गरिने जनाएको छ। कर्मचारी सम्पर्कविहीन भएपछि कार्यालयको नियमित कामकाज प्रभावित भएको बताइएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार