
साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार २५.८९ अंकले बढ्दै २,७३१.८० विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७.५५ अंकले बढेर ४७२.०२ अंकमा चढेको छ ।
आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन (बुधबार) सात अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँको कारोबार भएकोमा आज (बिहीबार) ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँको कारोबार भयो ।
नेप्सेमा आज ३१२ वटा कम्पनीको ८८ हजार ६१५ पटकको कारोबारमा दुई करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच भए ।
आजको दिनमा १६१ कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटाको भने घटेको छ । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा दुई समूहको मात्र घट्दा बाँकी सबै हरियाली बने । कारोबारमा आएका हाइड्रो पावर र व्यापार समूहको परिसूचक मात्र घटेको हो । बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशतले बढेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा माईखोला हाइड्रोपावर लिमिटेड परेको छ । जसको मूल्य सर्वाधिक ८.१५ प्रतिशतले बढेको छ । यसको सेयरमूल्य प्रतिकित्ता ८८४.१५ रुपैयाँ कायम भएको छ ।
बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड परेको छ । कर्पोरेटको मूल्य सर्वाधिक ९.९२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २५७.६९ रुपैयाँमा झरेको छ ।
नेप्सेमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको कारोबार सर्वाधिक भएको छ । एनआरएनको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २,३०२ रुपैयाँमा रह्यो । यसको ५७ करोड पाँच लाख ७७ हजार २१३ रुपैयाँको सेयर कारोबार भएको छ ।