बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

बूढी राप्ती नदीमा बेपत्ता भएका बालकको शव आज बिहान फेला पर्यो

· शुक्रबार, २७ असार, २०८२ मा प्रकाशित
बूढी राप्ती नदीमा बेपत्ता भएका  बालकको शव आज बिहान फेला पर्यो
चितवन, असार २७ :

चितवनको रत्ननगर वडा नं.७ पडेरिया पुल नजिकै बूढी राप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको शव आज बिहान फेला परेको छ।

आज बिहान सबा ५ बजे पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक उनको शव फेला पारिएको रत्ननगर नगरपालिकाको नगरप्रहरी टोलीले जनाएको छ ।  रत्ननगर-१५ माधवपुर निवासी लम्साल हिजो दिउँसो २ बजे पौडी खेल्ने क्रममा बूढी राप्ती नदीमा बेपत्ता भएका थिए।

रत्ननगर-७ पडेरियास्थित मामाघर गएका बेला उनी नदीमा पौडी खेल्न गएका थिए। बेपत्ता भएको १५ घण्टापछि उनको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार