बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

· शुक्रबार, २७ असार, २०८२ मा प्रकाशित
चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा
चितवन, असार २७ :

चितवनमा २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका छन् ।  

जिल्लाका सात पालिकामा रहेका एक लाख  २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्याङ्कले देखाएको छ ।

यस्तै भरतपुर महानगरपालिकामा छ हजार ६३५ घरका ३३ हजार १७५, माडी नगरपालिकाका तीन हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकाका दुई हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित बन्ने प्रारम्भिक तथ्याङ्कले देखाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै कालिका नगरपालिकाका एक हजार पाँच परिवारका पाँच हजार २५ जना, खैरहनी नगरपालिकामा तीन सय २० परिवारका एक हजार ६००, इच्छाकामना गाउँपालिकामा एक हजार २५६ परिवारका छ हजार २८० जना प्रभावित हुने देखिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए ।

बाढीका कारण हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको उनले बताए । “नदी किनारामा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै, उद्धारका लागि सबै संरचना तयारी अवस्थामा राखिएको छ र आवश्यक खाद्यान्न, स्वास्थ्य सामाग्री,उद्धार सामाग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ” प्रमख जिल्ला अधिकारी पौडेलले भने ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार