सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन #धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन
राजनीति

‘अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भयो’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० असार, २०८२ मा प्रकाशित
‘अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भयो’
काठमाडौं, असार ३० :

प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको दाबी गरेका छन् ।

अध्यक्ष दाहालले संसद्‌मा भने, ‘तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ ।’ उनका अनुसार अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको छ ।

उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत् बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा-नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।

स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए ।

सम्बोधनका क्रममा अध्यक्ष दाहालले भने, ‘सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार