बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

छाउगोठ भत्काउन कन्चनपुरका सबै स्थानीय तहलाई प्रशासनको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
छाउगोठ भत्काउन कन्चनपुरका सबै स्थानीय तहलाई प्रशासनको निर्देशन
कन्चनपुर, असार ३१ :

कञ्चनपुरका नौवटै स्थानीय तहमा रहेका छाउगोठ भत्काईने भएको छ । त्यस्को लागि  विशेष अभियान सञ्चालन गरिने  जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जनाएको छ ।

ती सबै स्थानीय तहलाई छाउगोठ भत्काउनका लागि जिल्ला प्रशासन कार्यालयले पत्राचार गरिसकेको छ ।

परम्परागत रुपमा चलिरहेको कु–प्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न छाउगोठ भत्काईने अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । पत्रमा सामाजिक कु–प्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउन अनुरोध समेत गरिएको छ ।

केहि दिन अघि कृष्णपुर नगरपालिका–१ निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट मृत्यु भएको थियो ।  यो घटनापछि  जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो । यस अघि पनि छाउगोठमा बस्दा धेरै जना किशोरीको ज्यान गएको छ ।

 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार