शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दैनिक नुहाउँछौं, यो उपलब्धि होइन ? : सांसद शेर्पा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दैनिक नुहाउँछौं, यो उपलब्धि होइन ? : सांसद शेर्पा
काठमाडौं, असार ३१ :

राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनम गेल्जेन शेर्पाले विदेश पलायन नेपालको मात्रै समस्या नभएको बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले अहिले केही भएन भन्ने भ्रम फैल्याइएको भन्दै आपत्ति जनाए । उनले कसैले पनि सकारात्मक कुरा नगरेको भन्दै सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले पहिला हिमाली भेगमा बसोवास गर्ने मानिसहरु वर्ष दिनमा एक पटक पनि ननुहाउने गरेको भन्दै अहिले हिमालमै पनि प्रत्येक दिन नुहाउने गरेको बताए । 
यो एउटा उपलब्धि भएको पनि बताए । उनले हिमाली क्षेत्रका बासिन्दाहरुको आर्थिक अवस्थामा पनि सुधार आएको बताए ।

सांसद शेर्पाले भने, ‘अहिले हामी पोजेटिभ कुरा किन गर्न सक्दैनौँ । केही भएन, केही भएन भन्ने छ । भएको चाहीँ के छ त ? केही भएकै छैन त ? धेरै भएको छैन र ? मेरै कुरा गर्दा हिजो हिमालमा हाम्रै जातका मान्छेहरुले एक वर्ष नुहाउँदैन थियो । ६ महिना नुहाउँदैन थियो । इमान्दारिताका साथ भन्नुपर्छ । तर आज इकोनोमी राम्रो भएको छ । ’ सांसद शेर्पाले अवसर देखिने ठाउँमा जो कोही पनि जाने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार