शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

पूर्वराष्ट्रपति भण्डारीले भनिन्- संसद् विघटन गर्न दबाब थिएन, सरकारको सिफारिस कार्यान्वयन गरेकी हुँ

‘यसले मलाई पछ्याइरहन्छ भन्नेकुरा मलाई जानकारी छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
पूर्वराष्ट्रपति भण्डारीले भनिन्- संसद् विघटन गर्न दबाब थिएन, सरकारको सिफारिस कार्यान्वयन गरेकी हुँ
काठमाडौं, असार ३१ :

पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद् विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको, मन्त्री परिषदको सिफारिसलाई कार्यान्वयन मात्र गरेको बताएकी छिन् ।

मदन भण्डारी फाउन्डेसनले काठमाडौँमा मङ्गलबार गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन्। उनले आफूले मन्त्रीपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट पारिन् । देशलाई के गर्दा निकास मिल्छ भन्नेकुरा छलफलको विषय हुनसक्ने बताइन् । आफूले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्‍बाट आएको निर्णय कार्यान्वयन गरेको सुनाइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘जहाँसम्म संसद् विघटनको कुरा हो । यसले मलाई पछ्याइरहन्छ भन्नेकुरा मलाई जानकारी छ । २०१७ सालको, २०५१ सालको कुरा पनि आइरहन्छ । म राष्ट्रपति भएको बेलामा पनि संसद् विघटन भएको छ। दुई पटक । त्यसलाई मैले कुनै प्रेसर, दबाबभन्दा पनि मन्त्री परिषद्ले निर्णय गरेर ल्याएको कुरा कार्यान्वयन गरेको हो । जे व्यवस्था छ त्यहीअनुसार गरेको हो ।’

संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रिपरिषद्‍बाट आएको निर्णय आफूले कार्यान्वयन गरेको उनले प्रष्ट पारिन् । फाउन्डेसनले मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेललाई तोकेको छ । समितिमा ७५ जना सदस्य रहने बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार