बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

वीरगन्जलगायत क्षेत्रमा वारुणयन्त्रबाट पानी वितरण

‘८ वटा वारुणयन्त्र परिचालन गरिएको छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३२ असार, २०८२ मा प्रकाशित
वीरगन्जलगायत क्षेत्रमा वारुणयन्त्रबाट पानी वितरण
जनकपुर, असार ३२ :

मधेस प्रदेशमा परेको सुक्खाका कारण खानेपानीको चरम अभाव सिर्जना भएपछि प्रदेश सरकारले प्रभावित क्षेत्रहरूमा राहतस्वरूप ८ वटा वारुणयन्त्र परिचालन गरेको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार वारुणयन्त्रहरू २४ घण्टा सञ्चालनमा रहने छन्, जसको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ भने सञ्चालन नेपाली सेनाले गर्नेछ।

प्रत्येक वारुणयन्त्र ५ हजार लिटर क्षमताको भएको र एकैपटक ४० हजार लिटर पानी आपूर्ति गर्न सक्ने जनाइएको छ। खानेपानीको चरम संकट समाधान गर्न वीरगञ्जलगायतका अति प्रभावित क्षेत्रहरूमा यी वारुणयन्त्र खटाइएका हुन्।

यसअघि तीन वटा ट्याङ्कर वन कार्यालयमार्फत पानी आपूर्ति भइरहेकोमा अब थप ७ वटा ट्याङ्कर र एउटा अतिरिक्त वारुणयन्त्र पनि नेपाली सेनाबाट पठाउने तयारी भइरहेको छ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकार जनताको पीडामा साथ रहेको उल्लेख गर्दै संघीय सरकार, स्थानीय तह र दातृ निकायसँग समन्वय गर्दै स्रोत र साधनको अधिकतम उपयोगमार्फत राहत पुर्‍याउने प्रयास भइरहेको बताए।

साउन लागिसक्दा पनि पानी नपरेकोले जलस्रोतहरू सुक्दै गएका छन्। जसका कारण रोपाइँ ठप्प छ भने दैनिक उपभोगका लागि पनि पानी अभाव भएको छ। संकट गहिरिँदै गएपछि प्रदेश सरकारद्वारा सबै संयन्त्र र स्रोत परिचालन गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार