सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको बताएका छन् ।
सिंहदरबारमा बुधबार सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो बताएका हुन् । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको र नयाँ मन्त्री पनि आइसक्नुभएको छ ।’
उनले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने दाबी गरे । तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने पनि उनको स्पष्टोक्ति छ । ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ । हामी सबै भ्रष्टाचार मुक्त नेपाल चाहन्छौँ । त्यसको लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौँ । भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी जो भए पनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग हो,’ उनले भने, ‘सामान्य प्रशासनमन्त्रीले प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ । अर्को मन्त्री आइसक्नुभएको छ । यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला । तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्नेकुरा रहँदैन ।’
मन्त्री गुरुङले गल्ती गर्ने जो कोही भएपनि कारबाही हुने बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो