काठमाडौं, असार ३२ :

लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८औं बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा आज (बुधबार) भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो ।

विश्वविद्यालयको हालको बेरुजु ०.५ मात्रै भएको बैठकमा जानकारी गराइयो ।

कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान) हरुले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सिनेट (सभा) राखिएको हो ।