बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश

१३ लाख नक्कली नोटसहित दुई जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३२ असार, २०८२ मा प्रकाशित
१३ लाख नक्कली नोटसहित दुई जना पक्राउ
काठमाडौं, असार ३२ :

प्रहरीले ठुलो परिमाणमा हजार दरका नक्कली नेपाली नोटसहित कारोबारमा संलग्न गिरोहका नाइकेलाई पक्राउ गरेको छ । प्रहरीले हजार दरका नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोटको कुसे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी र सोही ठाउँका ३३ वर्षीय रामबहादुर सिंह रहेका छन् ।

विशेष सूचनाका आधारमा खोजतलास गर्दै जाँदा प्रहरीले उनीहरूलाई १ हजार २ सय ९३ वटा नक्कली हजार दरका नोटसहित पक्राउ गरेको हो । साथै, अनुसन्धानका क्रममा उनीहरूले लुकाएर राखेको १५ पोका अफिम (कुल १९ किलोग्राम) पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार