बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन #मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन
राजनीति

एमाले सचिवालय बैठक बस्दै, वरिष्ठ उपाध्यक्षको पद खारेज गरिँदै

आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने तय भएको दोस्रो विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
एमाले सचिवालय बैठक बस्दै, वरिष्ठ उपाध्यक्षको पद खारेज गरिँदै
काठमाडौं, साउन १ :

नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा छलफल र निर्णयहरू हुने जनाइएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्नेछन् ।

अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ ।

बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने गरी विधानमा संशोधनको तयारी थालेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको पद नै खारेज हुने भएको हो । भण्डारीको पक्षमा पोखरेल खुलेपछि एमाले अध्यक्ष ओली उनीसँग रुष्ट छन् ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । एमालेमा पछिल्लो समय ७० वर्षे उमेर हद र अध्यक्षको २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार