सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन #धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन
राजनीति

‘सरकार भ्रष्टाचारमा लिप्त रह्यो, अब सडकबाट आन्दोलन गर्नुपर्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
‘सरकार भ्रष्टाचारमा लिप्त रह्यो, अब सडकबाट आन्दोलन गर्नुपर्छ’
ललितपुर, साउन १ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाईसीएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई आफ्नो पार्टीले अघि सारेको बताएका छन् । उनले ‘उत्पादन ब्रिगेड’ को निरन्तरता र एक महत्त्वपूर्ण आयाम भएको पनि उल्लेख गरे ।

‘सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाईसीएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन मैले दिएको थिएँ । त्यसैअनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो । यसका लागि म वाईसीएललाई धन्यवाद दिन चाहन्छु ।’

दाहालले ललितपुरको बालकुमारी चौर सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाईसीएल अभियान’ को बिहीबार औपचारिक उद्घाटन गरे । त्यसअवसरमा उनी श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षरोपण गर्ने, चौरको सरसफाइलगायत गतिविधिमा सहभागी बने ।

भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी

कार्यक्रममा दाहालले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरे । संसद्‌मा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गरे । उनले भने, ‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिटै सडकबाटै आन्दोलन गरेर हटाउनुपर्ने हुन्छ ।’

कार्यक्रममा माओवादी केन्द्रका युवाहरूको सहभागिता थियो । वाईसीएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ । त्यस क्रममा दाहालले युवालाई उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणको अग्रपंक्तिमा उभिन आग्रह गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार