शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

च्यासलमा एमाले सचिवालय बैठक जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
च्यासलमा एमाले सचिवालय बैठक जारी
काठमाडौं, साउन १ :

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ ।

आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा छलफल र निर्णयहरू गर्न बैठक बोलाइएको हो ।

बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्नेछन् ।

अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ ।

बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने गरी विधानमा संशोधनको तयारी थालेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको पद नै खारेज हुने भएको हो । भण्डारीको पक्षमा पोखरेल खुलेपछि एमाले अध्यक्ष ओली उनीसँग रुष्ट छन् ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । एमालेमा पछिल्लो समय ७० वर्षे उमेर हद र अध्यक्षको २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार