शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

प्रधानमन्त्रीलाई गगनको आग्रह- जनताले महसुस गर्नेगरी काम गर्नुस्, सत्ता हस्तान्तरणको दिन गनेर नबस्नुस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीलाई गगनको आग्रह- जनताले महसुस गर्नेगरी काम गर्नुस्, सत्ता हस्तान्तरणको दिन गनेर नबस्नुस्
काठमाडौं, साउन १ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित नेपाली कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरे । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक अब एक वर्ष मेरो त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छु भन्ने गरेको उल्लेख गर्दै अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको बताए । उनले सुरुमा दुईवटा पार्टी मिलेर राम्रो कामको सुरुवात गरे पनि अहिले बरालिएको बताए । 

अहिले सरकार खाली दिन गनेर बस्ने जस्तो मात्रै भएकाले टिप्पणी गर्दै यसबाट बाहिर निस्किनुपर्ने बताए । ०८४ सम्मका प्रत्येक दिन काम गरेर देखाउनुपर्ने बताए । अहिले सरकारमा रहेकाले यो समय खेर फाल्न नहुने उनको भनाइ छ।

महामन्त्री थापाले भने, ‘अहिले हामी २०८२ सालमा छौँ । २०८४ सालसम्म हामी नेपालको लार्जेस्ट पार्टी छौँ । सरकारमा छौँ । यो दुई वर्षको समय खेर फाल्ने समय हामीसँग छैन । प्रधानमन्त्रीजीले बेला बेलामा के भनेको सुन्छु भनेः अब एक वर्ष म हुन्छु, एक वर्षपछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिन्छु । त्यो हिसाव कितावको बारेमा अब कुरा नगरौँ । सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि के हामी ३६५ दिन नै घट्यो, ६४ भयो, ६३ भयो । हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र ? हामीले सुन्न र गर्न चाहेको कुरा, यो तीन वर्ष हामी के गर्छौं भन्ने हो । एक वर्ष के गर्ने, एक वर्ष नेपालले के पाउने ? अर्को इलेक्शनसम्मको एक एक दिनको प्रयोग हामीले गर्नुपर्छ । शुरुमा हामीले मेहनत पनि गर्‍यौं, दुई वटा पार्टी मिलेर सरकार बन्दै गर्दा एउटा गति पनि समातेको थियो । बीचमा अहिले यो बरालिएको छ । अहिले खालि यो दिन गनेर बसेको जस्तो भएको छ । आज आईतवार, सोमवार आउँछ, त्यसपछि मंगलवार ... । यसबाट बाहिर निकाल्नुपर्छ । यो दुई वर्ष स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकार सबैले काम गर्नुपर्छ ।’

महामन्त्री थापाले ०८४ सम्म स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले जनताले महसुस गर्नेगरी काम गरेर देखाउनुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार