
काठमाडौं, साउन १ :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच खुमलटारमा भेटवार्ता भएको छ।
करिब दुई घण्टा चलेको भेटमा समसामयिक राजनीति, संघीय सरकारको कामकारबाही र अडिओ प्रकरणबारे विस्तृत छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
दुवै नेताले केपी शर्मा ओली नेतृत्वको सरकारका गतिविधि निराशाजनक रहेको निष्कर्ष निकालेका छन्। एमालेसँगको सहकार्यप्रति असन्तुष्ट शेखरले प्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचना गर्दै आएका छन्।
प्रचण्डसँगको भेटलाई राजनीतिक वृत्तमा विशेष रूपमा हेरिएको छ । हालै नेता कोइरालाले कांग्रेस- ओली सरकारका गल्तीमा साक्षी मात्रै बनेको टिप्पणी गरेका थिए।