सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन #धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन
राजनीति

माओवादी अध्यक्ष दाहालको दाबी- भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ साउन, २०८२ मा प्रकाशित
माओवादी अध्यक्ष दाहालको दाबी- भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली
काठमाडौं, साउन २ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे आफ्नो पार्टीको धारणा स्पष्ट रहेको बताएका छन् ।

निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादीले निरन्तर आवाज उठाउँदै आएको उनको दाबी छ । उनले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको उल्लेख गरे ।

‘मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन,’ उनले भने, ‘प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ ।’ जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष दाहालको जोड छ ।

नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार दाहाललाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ ।

सुझाव बुझ्दै अध्यक्ष दाहालले मतदाता अधिकार मञ्चले उठाएका मुद्दा सकारात्मक रहेको उल्लेख गरे । यस्ता माग केवल सुझावपत्रमार्फत नेताहरुलाई बुझाएर मात्र पूरा नहुने बताए । परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उनले भने, ‘परिवर्तनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेन्डा सफल हुनेछन् ।’

मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न माग दाहालसमक्ष पेस गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार