शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ साउन, २०८२ मा प्रकाशित
राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त
काठमाडौं, साउन २ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएको गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष गिरीलाई पदमुक्त गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाए । गिरी मनोनीत उपाध्यक्ष हुन् ।

उपाध्यक्ष गिरिसहित चार पदाधिकारीले साझा विज्ञप्ति निकाल्दै पार्टीको शीर्ष तहमा भएको सहमतिविपरीत नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाइएको भन्दै अध्यक्ष लिङ्देनको चर्को आलोचना गरेका थिए ।

अध्यक्षको कार्यशैलीको कारणले पार्टीमा क्षति पुगेको उनीहरुको निष्कर्ष थियो ।

यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए ।

त्यसपछि अध्यक्ष लिङ्देनविरुद्ध उपाध्यक्ष गिरीसहित अर्का उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती शाहीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार