मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक #न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक
राजनीति प्रदेश गण्डकी प्रदेश

मन्त्री बलराम अधिकारीलाई छानबिन गरी कारबाही गर्न एमाले कास्कीको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ साउन, २०८२ मा प्रकाशित
मन्त्री बलराम अधिकारीलाई छानबिन गरी कारबाही गर्न एमाले कास्कीको माग
कास्की, साउन ३ :

पोखराको चर्चित लिची बगैंचा प्रकरणमा नाम जोडिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई छानबिन गरेर कारबाही गर्नुपर्ने माग नेकपा एमाले कास्कीले गरेको छ।

पोखरामा शनिबार बसेको पार्टीको विस्तारित बैठकले मन्त्री अधिकारीमाथि घुस लिएको अडियो सार्वजनिक भएकाले उनलाई राजीनामा गराएर अनुसन्धान गर्नुपर्ने निर्णय गरेको हो। यसअघि घुसकाण्डमा मुछिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन्।

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले अडियोमा मन्त्री अधिकारीले ३२ लाख घुस लिएको कुरा खुलेको भन्दै छानबिन आवश्यक भएको बताए। उनले घुस प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए।

पार्टीले उक्त प्रकरणमा मुछिएका सुजन लामाको सदस्यता हाललाई थाती राख्दै नवीकरण रोक्ने निर्णय गरेको छ। बैठकमा पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू सहभागी थिए।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार