शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

सांसद बजगाईं भन्छन्- शेखर कोइरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ साउन, २०८२ मा प्रकाशित
सांसद बजगाईं भन्छन्- शेखर कोइरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैन
काठमाडौं, साउन ४ :

नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले डा. शेखर कोइरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नरहेको बताएका छन् । पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरुसँगको भेटपछि आज काठमाडौंमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताए ।

बैठकमा नेता कोइरालाले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गरेका थिए। सरकारले सुशासन कायम गर्न नसकेको, भिजिट भिसा लगायतका प्रकरणमा आफ्नो फरक राय रहेको र त्यही कुरा प्रमुख प्रतिपक्षी दलका नेता र एमाले नेतृ भण्डारीसँग राखेको बताएको डा. कोइरालाको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले जानकारी दिए ।

उनले भने, ‘समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । डा. शेखर कोइरालाले आफू किन यसरी दौडिरहेको छु भन्नेबारेमा ब्रिफिङ गर्नुभयो । पार्टी फुटाउने चाहना, हर्कत गरिरहनुभएको होइन । किन यसरी मुभ गरिरहनुभएको छ भन्ने प्रश्न भयो । अनुकुलअनुसार भेटेर आफ्नो कुरा राख्नुभएको हो । सुशासनको कुरा भएको छ । संसदमा उठेको भिजिट भिसा लगायतका कुराहरुमा राष्ट्रिय मुद्दामा मेरो फरक मत छ, अन्य दलका नेताहरुसँग कुरा राखेको हो भन्ने कुरा राख्नुभएको छ ।’

राष्ट्रिय दलको कुनै नेताले अन्य दलका नेताहरुसँग कुरा गर्नुलाई सामान्य रुपमा लिनुपर्ने बजगाईंको  भनाइ थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार