बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश गण्डकी प्रदेश

आईतबार राति सवारी नचलाउन जिल्ला सुरक्षा समिति स्याङ्जाको आग्रह

· आइतबार, ४ साउन, २०८२ मा प्रकाशित
आईतबार राति सवारी नचलाउन जिल्ला सुरक्षा समिति स्याङ्जाको आग्रह
स्याङजा, साउन ४ :

सम्भावित जोखिमलाई मध्यनजर गर्दै आईतबार राति स्याङ्जामा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले स्याङ्जासहित छिमेकी जिल्लाहरूमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी रातको समयमा सवारीसाधन सञ्चालन नगर्न नगराउन अनुरोध गरेको हो ।

स्याङ्जामा आज बिहानदेखि अविरल वर्षा भइरहेको र भोलिसम्म वर्षा हुने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनधनको क्षति हुन नदिन जिल्ला सुरक्षा समितिले निर्णय राति सवारीसाधन नचलाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिएका छन्  । “मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने भनी प्रक्षेपण गरेकाले आईतबार साँझ ५ बजेदेखि सोमबार बिहान ५ बजेसम्म १२ घण्टा अत्यावश्यकबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेका छौँ”, उनले भने, “अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन गर्नैपर्ने अवस्था आए नजिकको सुरक्षा निकायसँग समन्वय गर्न आग्रह छ ।”

जिल्लाको मध्यभाग भएर सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग करिब ९० किलोमिटर रहेको छ । यस राजमार्ग तथा जिल्लाभित्रका अन्य सहायक सडकमा पनि रातको समयमा सवारीसाधन सञ्चालन नगर्न जिल्ला सुरक्षा समितिले निर्णयसहित अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सम्भावित वर्षाका कारणले भूक्ष्य, बाढी, पहिरोको जोखिम रहेकाले कालीगण्डकी नदी किनार, आँधीखोलालगायतका स्थानीय खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार