बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र

मनास्लु पदमार्गका ४० स्थानमा ‘डस्टबिन’, अब देखिने छैन फोहोर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
मनास्लु पदमार्गका ४० स्थानमा ‘डस्टबिन’, अब देखिने छैन फोहोर
काठमाडौं, साउन ५ :

उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहोर संकलन र व्यस्थापनका लागि विभिन्न ४० स्थानमा ‘डस्टबिन’ राखिएको छ ।

स्थानीय बासिन्दाको सहभागितामा फोहोर व्यवस्थापनका लागि पदमार्गमा ‘डस्टबिन’ राखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

पदमार्गलाई सफा, सुन्दर र सुरक्षित राख्न ठाउँठाउँमा ‘डस्टबिन’ राखिएको छ । फोहोर व्यवस्थापनबाट वातावरण संरक्षणमासमेत सहयोग पुग्ने शेरचनले बताए ।

‘त्यहाँ घुम्ने पर्यटकले जथाभावी फोहोर फ्याँक्ने गर्दा मनास्लु लार्केपास पदमार्गमा जथाभावी फोहोर देखिने गरेको छ । त्यसलाई व्यवस्थित र प्रभावकारी व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टबिन राखिएको छ,’ उनले भने ।

मनास्लु पदमार्गमा पानीको बोतल, बिस्कुट चाउचाउका खोललगायत फोहोर यत्रतत्र देखिने गरेका थिए । ‘अब फोहोरको उचित व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ,’ प्रमुख शेरचनले भने, ‘स्थानीयवासी सबै मिलेर पदमार्गमा पुगेका पर्यटकलाई बाटोमा फोहोर फाल्न नदिने र डस्टबिनमा फाल्ने बानीलाई प्रोत्साहन गर्नसके फोहोर व्यवस्थापन निकै सहज हुनेछ ।’

उनका अनुसार डस्टबिन राख्नुअघि आयोजना कार्यालयले स्थानीय सरोकारवाला, आमा समूहलगायतसँग कार्यक्रमको प्रभावकारिता लगायतको विषयमा छलफलसमेत गरेको थियो ।

स्थानीय बासिन्दा लक्ष्मी गुरुङले पदमार्गमा राखिएका ‘डस्टबिन’ ले पदयात्रामा आउने पर्यटकलाई पनि राम्रो सन्देश दिने बताइन् । ‘पदमार्ग वरपर फोहोरको समस्या बढ्दै गएको थियो । अहिले डस्टबिन राखिएपछि जथाभावी फोहोर फाल्नुहुँदैन भन्ने सन्देश दिएको छ,’ उनले भनिन् ।

कार्यालयले स्थानीय बासिन्दालाई फोहोर व्यवस्थापन, पुनः प्रयोग र रिसाइकलको विषयमा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको छ । मनास्लु पदमार्गमा एक वर्षमा १२ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुग्ने गरेका छन् । -रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार