बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

विमलेशको हत्याको आरोपमा एक युवती पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
विमलेशको हत्याको आरोपमा एक युवती पक्राउ
काठमाडौं, साउन ५ :

महोत्तरीको महोत्तरी गाउँपालिका-१, पर्साका ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा धनुषा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहारी गरी एक तलाबाट खसालेर यादवको हत्या भएको थियो ।

हत्या गरेको आरोपमा महोत्तरीकै बलवा नगरपालिकाकी २२ वर्षीया युवती जुली झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । 

झालाई महोत्तरीको परोलस्थानबाट पक्राउ गरिएको हो । आर्थिक लेनदेख र विवाहेत्तर सम्वन्धका कारण यादवको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

उनका अनुसार झाले यादवलाई छुरा प्रहारी गरी पहिलो तलाबाट खसालेर घाइते बनाएकी थिइन् । यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याए पनि उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

उनले भने, अनुसन्धानको क्रममा होटलको सीसीटीभी फुटेजमा महत्वपूर्ण प्रमाण भेटिएको छ । फुटेजमा मृतक यादव राति करिब १० बजे होटलमा प्रवेश गरेको देखिन्छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार