शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पूर्वमन्त्री गुप्ता र बिचौलिया लामामाथि अख्तियारले सोधपुछ प्रक्रिया अघि बढायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
पूर्वमन्त्री गुप्ता र बिचौलिया लामामाथि अख्तियारले सोधपुछ प्रक्रिया अघि बढायो
काठमाडौं, साउन ५ :

पोखराको लिची बगैंचाको जग्गा हत्याउन गरिएको गोप्य घुस डिल प्रकरणमा संलग्न आरोप लागेका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा सोधपुछको प्रक्रिया अघि बढाएको छ ।  

मन्त्री गुप्ताको आवाज भनी अडियो सार्वजनिक भएपछि त्यसको परीक्षणका लागि आयोगले उनको आवाज पनि रेकर्ड गर्ने तयारी गरेको छ।

गत साता सार्वजनिक भएको अडियोमा मालपोत तथा भूमि आयोगका अधिकारीलाई घुस दिएर जग्गा हत्याउने योजना बनाइएको खुलासा भएको थियो। अडियो बाहिरिएपछि गुप्ताले असार ३१ गते मन्त्री पदबाट राजीनामा दिएका थिए। तर, सोही प्रकरणमा जोडिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भने अस्वीकार गर्दै पदमै छन्। अधिकारी र गुप्ता दुबै एमालेका सांसद हुन्।

अडियोमा मन्त्री अधिकारीले छोरामार्फत घुस लिएको दाबी, सचिव अर्जुनप्रसाद पोखरेलले पाँच लाख नगद र मदिरा लिएको भनाइ, र मन्त्री क्वार्टरमै डिल भएको आशंका गरिएको छ। घटनामा संलग्न सबै व्यक्ति अख्तियारको अनुसन्धानको घेरामा छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार