
नेपाली बजारमा सनबिम ब्रान्डको सनफ्लावर तेल भित्रिएको छ । उपभोक्तालाई गुणस्तरीय खानेतेल उपलब्ध गराउन साइन नेपाल ट्रेडिङ कम्पनी प्रालिले सनबिम ब्रान्डको सनफ्लावर तेल भित्र्याइएको जनाएको छ ।
सनबिम खाने तेल उत्पादनका लागि अग्रणी मुलुक मलेसियाको ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड हो । राजधानीमा सोमबार आयोजित समारोहमा सनबिम ब्रान्डका सनफ्लावर तेल बिक्री सुरु भएको कम्पनीका प्रबन्ध निर्देशक बरुण लोहियाले जानकारी गराए ।
लोहियाका अनुसार सनबिम तेल एस.डी. गुथ्री मलेसियाबाट उत्पादन भएको हो । जुन विश्वकै ठुला खाद्यान्न तेल उत्पादकहरूमध्ये एक हो । सनबिम ब्रान्डको तेललाई नेपाली बजारमा नम्बर एक बनाउने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ ।
सनबिम सिंगापुरमा पहिलोपटक सनफ्लावर तेल ल्याउने ब्रान्डका रूपमा चिनिन्छ । यसले सनफ्लावर, क्यानोला, मकैको तेल (कर्न आयल), राइस ब्रान र नरिवलजस्ता प्राकृतिक स्रोतबाट उत्पादन गरिएका विभिन्न प्रकारका खाने तेलहरू उत्पादन गर्दछ ।
यी तेलको प्रयोगबाट खाना पकाउने स्वाद, बनावट, पोषण र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने कम्पनीले जनाएको छ । विश्वकै ठूलो कम्पनीबाट नेपालमा गुणस्तरीय तेल आयात गर्ने साइन नेपाल ट्रेडिङ लोहिया ग्रुपअन्तर्गतको कम्पनी हो ।
संसारका ९० भन्दा बढी देशमा उपस्थिति रहेको एस.डी. गुथ्रीको दिगोपन र गुणस्तरप्रति प्रतिबद्धता अब नेपाली भान्सासम्म आइपुगेको प्रवन्ध निर्देशक लोहियाले बताए । साइन नेपाल ट्रेडिङले नेपालभरि विश्वस्तरीय एफएमसीजी सामग्रीहरूको आयात र वितरण गर्दै नेपाली उपभोक्तासमक्ष उत्कृष्ट उत्पादन पुर्याउने प्रतिबद्धता जनाएको छ ।