बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
कर्पोरेट

अण्डाको मूल्य घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २१ पुस, २०८२ मा प्रकाशित
अण्डाको मूल्य घट्यो
काठमाडौं, पुस २१ :

अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट रु ९० घटाएको जनाए हो ।

फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर रु ४७५ मा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट रु  ५५० बाट रु ४६० मा झरेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्म बाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो । यससँगै उपभोक्ता मूल्य प्रतिगोटा रु २५ बाट रु २० मा झारिएको छ । बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाइने आशामा  कुखुरा  बिक्री नगरी अण्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो ।

पहिलेको तुलनामा हाल खपत कम र उत्पादन बढी भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले जाडो कम हुँदै गएर जनजीवन सहज भएसँगै पुनः अण्डाको माग बढ्ने बताउनुभयो । “अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसानलाई थप नोक्सान हुनेभएको छ”, उनले भने । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तलमाथि गर्ने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार