बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

बेतौनावासीको गुनासो: हाम्रो आवाज सुन्ने कोही भएनन्

· मंगलबार, ६ साउन, २०८२ मा प्रकाशित
बेतौनावासीको गुनासो: हाम्रो आवाज सुन्ने कोही भएनन्
सिराहा, साउन ६ :

गोलबजार नगरपालिका–१२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो १० वर्षदेखि विकासको बाटो कुर्दै बसेका छन् ।

दुईपटक स्थानीय निर्वाचन सम्पन्न भइसकेको भए पनि यहाँका बासिन्दाले अझै विकासको स्वाद चाख्न पाएका छैनन् ।

एक सयभन्दा बढी घरपरिवार रहेका यो बस्तीमा न बाटो मर्मत भएको छ, न खानेपानी, न त अन्य कुनै पूर्वाधार निर्माण नै । वरपरका गाउँमा सडक ढलान, मन्दिर, पाहुनाघर, विद्युतीकरणजस्ता सम्पन्न भइसके पनि पालटोलमा भने अहिलेसम्म विकासका नाममा एक चपेटा माटोसमेत हालिएको छैन ।

विकासका नाममा राज्यका विभिन्न सरकारी निकाय तथा जनप्रतिनिधिबाट सधै उपेक्षा गरिएको पुर्वशिक्षक शम्भु राउत भन्छन “हामी विपक्षी ठहरिएका छौँ, त्यसैले जनप्रतिनिधिले नजरअन्दाज गरे । पटकपटक वडाबाट पालिकासम्म गुहार गर्दा पनि हाम्रो आवाज सुन्ने कोही छैन ।”

बस्तीका ७८ वर्षीय सुकदेव राउतको गुनासो उस्तै छ । उनी भन्छन् “अब त पानी पनि अरूकहाँबाट ल्याएर पिउनुपरेको छ ।” अन्य स्थानीयहरूले पनि बस्तीलाई दलगत राजनीतिले विभाजित गरेर विकासबाट टाढा राखिएको आरोप लगाएका छन् ।

यसबारेमा वडाध्यक्ष गणेशकुमार मुखिया भन्छन“बजेट अभावका कारण काम ढिलो भएको हो । हामीले पालटोललाई बेवास्ता गरेका होइनौँ । सडक ढलानको काम एकैपटक मिलाएर प्रभावकारी बनाउने सोच छ, त्यसैले केही समय लागिरहेको हो । विकास गर्न हामी पनि इच्छुक छौँ, तर स्रोत साधनले सीमित बनाएको छ ।”

नगरप्रमुख श्यामकुमार श्रेष्ठले पालटोलको अवस्थाबारे जानकारी रहेको भन्दै नगरपालिकाले सम्भव भएसम्म छिट्टै पूर्वाधार विकास गर्ने योजना बनाइरहेको बताए। “हामीलाई पालटोलका समस्या थाहा छ, बजेट र प्राथमिकताको आधारमा पालिकाभित्रका सबै वडामा विकासको सन्तुलन मिलाउने कोसिस गर्दैछौँ”, उनले  यसपालीको नीति तथा कार्यक्रममा पनि पालटोललाई समेट्ने प्रयास गरिएको छ ।”

तर १० वर्षसम्मको प्रतीक्षा, गुहारी, माग र आश्वासनबीच पनि काम नहुनु अब पालटोलवासीका लागि पीडाभन्दा पनि चिन्ताको विषय बन्न थालेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार