काठमाडौं, साउन ७ :

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष रूपमा जवाफ दिने भएका छन् । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने तालिका समावेश छ ।  

सांसदहरूसँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री ओली पछिल्ला केही बैठकहरूमा सांसदहरुका प्रश्नहरूको जवाफ दिँदै आएका छन् । यसै क्रममा आजको बैठकमा पनि प्रधानमन्त्रीले विभिन्न सांसदहरूले उठाएका राष्ट्रिय सरोकारका विषयमा स्पष्ट जवाफ दिने तयारी गरिएको हो ।

तर,यसअघि तय गरिएको प्रश्नोत्तर कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाको बहिष्कारका कारण स्थगित गरिएको थियो । तर यसपटक सबै दलको सहभागितामा प्रश्नोत्तर सत्र अघि बढ्ने अपेक्षा गरिएको छ ।