बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश कोसी प्रदेश

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित
सङ्खुवासभा, साउन ७ :

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मङ्गलबार राति आएको पहिरोले पाँच घर प्रभावित भएका छन् । पहिरोमा ढुङ्गामाटोसहितको ठूलो ढिस्को खस्दा एउटा घर पूर्णरूपमा क्षति भएको छभने एउटा घरमा आंशिक क्षति भएको हो ।

पहिरोले पाँच परिवार पूर्ण विस्थापित भएका गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । उनका अनुसार पहिरोले लिलाबहादुर श्रेष्ठ (सात जना सदस्य), लाप्साङ शेर्पा (चार जना), मुस्कान शेर्पा (पाँच जना), सुब्बा श्रेष्ठ (तीन जना) र रञ्जना श्रेष्ठको परिवार विस्थापित भएका छन् ।

अध्यक्ष भोटेका अनुसार रञ्जना श्रेष्ठको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पीडित परिवारलाई स्थानीय युवाको सक्रियता, स्याक्सिला गोला प्रहरी चौकी तथा अध्यक्ष भोटेको पहलमा सुरक्षित स्थानमा अस्थायी रूपमा सारिएको छ । हाल उनीहरूका लागि पुनःस्थापना प्रक्रिया सुरु गरिएको छ । थप क्षति हुन नदिन पहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन भोटखोला गाउँपालिकाले आह्वान गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार