बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश लुम्बिनी प्रदेश

‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
प्रतीकात्मक तस्बिर ।
सुर्खेत, साउन ७ :

आर्थिक लाभ लिने उद्देश्यले ‘हनी ट्र्याप’मा पारी १४ लाख २५ हजार असुल्ने एक महिलालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नौमूले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत बस्दै आएकी २१ वर्षीय सिन्दु चन्द रहेकी छन् । उनले विसं २०८१ भदौमा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ सुर्खेत बुद्धपथस्थित बुलबुले भ्यू होटलमा बोलाई एकापसको चिनजान र सहमतिमा सम्बन्ध राखेकी थिइन् ।

उक्त सम्बन्धलाई आर्थिक लाभ लिने मनसायले जबर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु र सामाजिक सञ्जाल तथा मिडियामा नाङ्गो फोटो राखिदिन्छु भनी डरत्रास देखाई बेइमानीपूर्वक जटिल परिस्थिति खडा गरी कोइरालाबाट पटकपटक गरी रु १४ लाख २५ हजार असुल गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार पीडितसँग रकम असुली गरेको भन्ने प्रमाणसहित प्राप्त जाहेरीपश्चात् मङ्गलबार प्रहरी टोलीले उक्त कसुरमा संलग्न ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकी अभियुक्त चन्दलाई आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार