राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधीन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा रास्वपा सांसद तोसिमा कार्कीले यस्तो माग गरेकी हुन् । उनले लामो समयदेखि बाटो सुनिश्चितताको माग गर्दै स्थानीय नागरिक संघर्षरत रहेपनि सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाइन् । सांसद कार्कीले सरकारल दमनकारी शैलीमा राज्य सञ्चालन गर्न खोजिरहेको पनि आरोप लगाइन् ।
उनले भनिन्, ‘यो सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजिरहेको छ । ललितपुरको भैंसेपाटीमा तीन तिर जस्तै पश्चिमतिर पनि ११ मिटर बाटो सुनिश्चित हुनुपर्छ भनेर नागरिकहरु वर्षौंदेखि संघर्षमा हुनुहुन्छ । तर हिजो अमस्मात २०० जना सशस्त्र प्रहरी उभ्याएर साँघुरो सडकमै बाउन्ड्री वाल निर्माण गर्न खोजियो । जनताकै जग्गा अघिग्रहण गरेर बनाइएको मन्त्री क्वाटरमा अब फेरि ठुलो आँगन किन चाहियो ? त्यो जमिन छोड्दैमा मन्त्री क्वार्टर खुम्चिदैनन् । तर नागरिकको बाटो पाउने अधिकार खुम्चिन्छ ।’
सांसद कार्कीले सरकारको जनआकाङ्क्षाविपरीतका गतिविधिका कारण व्यवस्थामाथि खतरा उत्पन्न भएको पनि उनको भनाइ छ । दुई महिनादेखि आफूहरु आन्दोलनमा रहेपनि सरकारले संसदलाई कठ्पुतली बनाएर सञ्चालन गरिरहेको टिप्पणी गरिन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो