बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश कोसी प्रदेश

भोजपुर–लेगुवा सडक: टालिएको सडक मर्मतकै क्रममा उप्कियो

· शनिबार, १० साउन, २०८२ मा प्रकाशित
भोजपुर–लेगुवा सडक: टालिएको सडक मर्मतकै क्रममा उप्कियो
भोजपुर, साउन १० :

भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने मुख्य मार्ग भोजपुर–लेगुवा ६६ किलोमिटर सडक मर्मत भइरहेको छ ।

विगतमा कालोपत्र भएको सडकमा खाल्डाखुल्डी परेपछि यहाँ मर्मत गरिएको हो । तर भत्किएको ठाउँमा टालिएको कालोपत्र काम गर्ने चरणमा नै भत्किएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

सडक डिभिजन कार्यालय तुम्लिङटार मातहत भइरहेको काम गुणस्तरहीन  रहेको स्थानीयवासीको आरोप छ । टालिएको सडक मर्मतकै क्रममा उप्किएको स्थानीयवासी सरबहादुर श्रेष्ठले बताए । सडक मर्मतको काम गुणस्तरीय नदेखिएको उनको भनाइ छ ।

“सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ”, उनले भने, “खाल्डा पुरिएको ठाउँ भत्किएर उस्तै अवस्थामा छ । सडक मर्मतको काम गुणस्तरीय ढङ्गले भएजस्तो हामीलाई लाग्दैन । पुरिएका खाल्डा एक÷दुई महिना नहुँदै भत्किएका छन् । यो कामको अनुगमन हुनु पर्यो ।” यो सडक खण्डमा विभिन्न ठाउँमा खाल्डा परेर सवारी आवतजावतमा जोखिम बढेपछि सडक टाल्ने काम गरिएको हो ।

टालिएको सडक पुनः भत्किएपछि स्थानीयले उक्त काम सन्तोषजनक नरहेको बताएका छन् । सडक मर्मतको कामको गुणस्तरीयतामा ध्यान दिन नियमित अनुगमन गर्नुपर्ने स्थानीयको माग छ ।

सडक मर्मत राम्रो नहुँदा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले बताउने गरेका छन् ।  
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार