
काठमाण्डौँ , भदौ २९ :
काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा असोज ३ गतेदेखि सञ्चालनमा आउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरालाई अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
२०७२ वैशाख १२ गतेको भूकम्पबाट तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको धरहरा ढलेको थियो।
त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा ढलेको धरहरासँगै त्यसकै अर्को प्रतिस्वरुप बनाइएको छ।
उक्त नयाँ धरहराको २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । त्यसबेला धरहराको पूरा क्षेत्र पुनर्निर्माण अधुरै रहेका बेला उद्घाटन भएपछि आलोचना भएको थियो ।