मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार प्रदेश बागमती प्रदेश

चितवनमा भारतीय ट्रकबाट ६७१ किलो गाँजा बरामद, चालक पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० साउन, २०८२ मा प्रकाशित
चितवनमा भारतीय ट्रकबाट ६७१ किलो गाँजा बरामद, चालक पक्राउ
चितवन, साउन १० :

चितवनको राप्ती नगरपालिका–१ लोथर पुल नजिक भारतीय ट्रकबाट ठूलो मात्रामा गाँजा बरामद गरिएको छ।

शनिबार बिहान ४ बजे चितवन प्रहरीले यूपी ८२ टी ३९२१ नम्बरको भारतीय ट्रक जाँच गर्दा ६७१ किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो।

ट्रक काठमाडौंतर्फ सामान पुर्‍याएर वीरगन्ज फर्कँदै थियो। प्रहरीले ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाएर राखिएको अवस्थामा ४३ वटा पोका गाँजा फेला पारेको छ।

गाँजासहित ट्रकका चालक भारत पूर्वी चम्पारण, तुर्कालिया घर भएका ३७ वर्षीय शेख सविल अख्तरलाई प्रहरीले पक्राउ गरेको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार