
काठमाडाैं, साउन १० :
नेपाली यू–१४ फुटबल टोलीले डाना कपको उपाधि जितेको छ । टोलीले डेनमार्कमा सम्पन्न खेलमा यो उपाधि जितेको हो।
फाइनल खेलमा नेपाली टोलीले केन्याको इलाइट सकर एकेडेमीलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो। टोलीका तर्फबाट रिहान बुढामगर, नोआ राई र अर्निश गुप्ताले १–१ गोल गरेका थिए।
उक्त यू–१४ टोली एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त टिम हो।
प्रतियोगिता डेनमार्कमा आयोजना गरिएको थियो।