बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश कर्णाली प्रदेश

काठको टुक्राले हानेर श्रीमानद्वारा श्रीमतीको हत्या

· आइतबार, ११ साउन, २०८२ मा प्रकाशित
काठको टुक्राले हानेर श्रीमानद्वारा श्रीमतीको हत्या
सुर्खेत, साउन ११ :

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।‎

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१३ करे खोलाका करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नै ४० वर्षीय श्रीमती रविना ठाडा मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

दानसिंहले गएराति करिब १:४० बजे सुतिरहेकी श्रीमतीको टाउकोमा काठको टुक्राले प्रहार गरेका थिए । 

प्रहरीका अनुसार हत्या लगत्तै ठाडा मगरले ठेगाना सहित प्रहरीलाई नै फोन गरेर आफुलाई पक्राउ गर्न बोलाएका थिए । जानकारी पाउने वित्तिकै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो ।

खबर पाउनासाथ घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहनजंग थापाले बताए ।  

घटनाको कारण अझै खुलिसकेको छैन ।  थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीको भनाइ छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार