काठमाडौं, साउन १२ :
न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ । आयोगको सोमबार बिहान बसेको बैठकले उनलाई यो पदमा नियुक्त गरेको हो ।
पूर्व मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेरहदका कारण आइतबारदेखि अवकाशमा गएपछि पद रिक्त भएको थियो । त्यसपछि पौडेललाई जिम्मेवारी दिइएको हो ।
पौडेल यसअघि सर्वोच्च अदालतका रजिस्ट्रार थिए । सर्वोच्च अदालतमा २०७४ साल असार महिनादेखि मुख्यसचिव सरहको दर्जा हुने गरी मुख्य रजिस्ट्रार पद सिर्जना गरिएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो