काठमाडौं, साउन १२ :

नेपाल सरकारका दुई महिला सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवाका लागि सिफारिस गरिएको छ।

सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले कानून समूह अन्तर्गत उनीहरूलाई सचिव पदमा सिफारिस गरेको हो।

निर्मला अधिकारी भट्टराई सत्य निरुपण तथा मेलमिलाप आयोगमा सहसचिवको रूपमा कार्यरत थिइन् र बढुवापछि पनि सोही आयोगमै कार्यरत रहनेछिन्। उनी यसअघि कार्यवाहक (कामू) सचिवको जिम्मेवारीमा रहेकी थिइन्।

इन्दिरा दाहाल भट्टराई भने निर्वाचन आयोगको दरबन्दीमा रही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिइन्। उनलाई नेपाल कानून आयोगमा सचिव पदका लागि सिफारिस गरिएको हो।