सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति बागमती प्रदेश

बागमतीका खानेपानीमन्त्रीले पनि दिए राजीनामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ साउन, २०८२ मा प्रकाशित
बागमतीका खानेपानीमन्त्रीले पनि दिए राजीनामा
हेटौंडा, साउन १३ :

बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् ।

खानेपानी, ऊर्जा तथा सिँचाइँमन्त्री श्यामबहादुर खड्काले मुख्यमन्त्री बहादुरसिंह लामा राजीनामा बुझाएका हुन् ।

उनले राजीनामासँगै लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षरसमेत गरेका छन् । योसँगै लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।

पत्रमा खड्काले विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्नसक्ने अवस्था नरहेकोले आजकै मितिदेखि राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘उपर्युक्त सम्बन्धमा म बागमती प्रदेश सरकार, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा मन्त्रीको रुपमा पाएको जिम्मेवारीप्रति सदैव निष्ठावान् रहेर कार्य सम्पादन गर्ने प्रयासमा रहें । यस प्रदेशको समृद्धि र जनताको सेवा मेरो पहिलो प्राथमिकता रहँदै आएको छ,’ राजीनामा पत्रमा उनले भनेका छन्, ‘विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्नसक्ने अवस्था नरहेकोले आजकै मितिदेखि बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिएको छु । आजको मितिसम्म मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न दिनुभएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

यसअघि साउन ९ गते प्रदेशका चार मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार